आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । अहिले काठमाडौँमा आंशिक बदली रहेको र वायुको तापक्रम २५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज काठमाडौँमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसै गरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x