राष्ट्र उत्थान लघुवित्तकाे नाफा ५ करोड ५५ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्र उत्थान लघुवित्तले ३ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, राष्ट्र उत्थान लघुवित्तले २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १७ करोड ३५ लाख रुपैयाँ रहेको छ।

राष्ट्र उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३५.६१ प्रतिशतले बढेर १६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x