सपाेर्ट लघुवित्तकाे नाफा १ करोड १० लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सपाेर्ट लघुवित्तले १ अर्ब २४ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सपाेर्ट लघुवित्तले ९१ कराेड २१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४ करोड १३ लाख रुपैयाँ रहेको छ।

सपाेर्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.२९ प्रतिशतले घटेर ५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.१४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x