सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन जोड


 

ज्ञानमाण्डू। सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तराष्ट्रिय गर्ल्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका कम्पनीले जनाएकाे छ । उक्त दिवसको अवसरमा डुब्लुआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ सम्मेलन आयोजना गरेको कम्पनीले जनाएकाे छ । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आवद्ध करिब ५० महिलाहरुको सहभागिता रहेकाे कम्पनीले बताएकाे छ ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरुले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेकाे कम्पनीले जनाएकाे छ । जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालीकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी यूनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरेकाे कम्पनीले बताएकाे छ ।

यसैगरी २०२० की आईसीटी आईकन प्राध्यापक तिमिला यामी थापाले आईसीटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाउनुभयाे । कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिएको कम्पनीले जनाएकाे छ । उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी ईमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवाप्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुस्मा शर्मा रहेकाे कम्पनीले जनाएकाे छ । प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा बैद्यले मध्यस्तता गरनुभयाे । छलफलमा सम्पूणर् महिलाहरुले आफ्नो क्षेत्रमा हुँदै आईरहेको साइबर सुरक्षाका कार्यहरुको बारेमा बोलेका थिए ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल उपस्थित रहनुभएकाे कम्पनीले जनाएकाे छ । कार्यक्रममा बोल्दै सचिव अर्यालले आईसीटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताउनुभयाे । त्यसका लागि आईसीटी क्षेत्रका विज्ञ महिलाहरुको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराउनुभयाे ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको समेत उपस्थिति रहनुभएकाे कम्पनीले जनाएकाे छ । कार्यक्रममा बोल्दै खनालले आईसीटीमुलक कार्यक्रमहरु शहर केन्द्रित भएको भन्दै उपत्यका बाहिरका सम्पूणर् सुधुर क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रमहरुलाई पुर्याउन सुझाव दिदैँ प्राधिकरण सहयोगका लागि सदैव तयार रहने प्रतिवद्धता जनाउनुभयाे ।

यसैगरी कार्यक्रममा बोल्दै डब्लुआईआईटीकी अध्यक्ष गुनाकेशरी प्रधानले ९ जनाबाट सुरु भएको डब्लुआईआईटीले आयोजना गरेको यस्तो कार्यक्रमले प्रविधिको क्षेत्रमा संलग्न सम्पूणर् महिलाहरुलाई एकैथलोमा ल्याएर सम्बन्ध सञ्जाल विस्तार गर्न सहयोग पुर्याएको बताउनुभयाे ।
कार्यक्रममा डब्लुआइआईटीले देशव्यापीरुपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रत्योगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको कम्पनीले जनाएकाे छ । जसमा प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुती श्रेष्ठले ५ हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतिक्षा प्रधानले ३ हजार रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्राप्त गरेकाे कम्पनीले जनाएकाे छ ।
साथै डब्लुआईआईटीले बैशाख १८ गते आईतबार साइबर सुरक्षा क्षेत्रमा आवद्ध महिलाहरुका लागि बगभीसँगको सहकार्यमा ईस्लिङ्टन कलेजमा लाइभ ह्याकाथन पनि आयोजना गरेको कम्पनीले जनाएकाे छ ।
बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त ह्याकाथनमा प्रतिस्पर्धी सुरक्षा अनुसन्धानकर्ताहरुले चार घण्टाभित्र ‘फ्ल्याग क्याच’ गरेकाे कम्पनीले बताएकाे छ । सो प्रतिस्पर्धामा प्रथम हुने गम्भिरता पौडेल १० हजार, दोस्रो हुने निकी सिंहलाई ५ हजार र तेस्रो हुने क्षिरिङ डोल्कार शेर्पालाई ३ हजार नगद प्रदान गरिएको कम्पनीले जनाएकाे छ । विजेतालाई बगभीको गिफ्ट दिइएको थियो भने ह्याकाथनमा सहभागी भएका सबैलाई सर्टिफिकेट पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x