मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात

मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । यो याममा पहिलो पटक हिमपात भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

“यो वर्ष याममै हिउँ परेकाले किसान खुसी भएका छन्,” उहाँले भन्नुभयो, “हिउँ परेर जमिन भिजाएको र वातावरणलाई सन्तुलित बनाएको छ ।” असोज दोस्रो सातापछि आज बिहानदेखि वर्षासँगै हिउँ पर्न थालेको हो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच इन्चसम्म हिउँ जमेको छ । निरन्तर हिउँ परिरहेको छ । हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्त्व बिरुवाले उपभोग गर्न सहज हुने भएकाले कृषक खुसी भएका हुन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु र भेडा च्याङ्ग्रालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ ।

 

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाँडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरू हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x