शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेको हो ।
निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ । निकुञ्जभित्रका शुक्लाफाँटा, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा स्वीप विधिको प्रयोग गरी खरमयुर गणना सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो ।
“निकुञ्जसँगै जोडिएको किसान मध्यवर्ती सामुदायिक वनभित्र पनि गणनको हुन्छ”, उहाँले भन्नुभयो, “खरमयुर गणनाका लागि छनोट गरिएका घाँसे मैदानलाई छ वटा ‘ब्लक’मा विभाजन गरी आजदेखि १० दिनसम्म गणना गरिनेछ ।”
विगतमा खरमयुर पाइएका क्षेत्रलाई आधार मानेर गणनाका लागि स्थान छनोट गरिएका जानकारी दिँदै उहाँले ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने बताउनुभयो ।
“जेडएसएल नामक संस्थाको सहयोगमा ‘क्यामेरा ट्र्यापिङ’का माध्यमबाट पनि १५ दिनसम्म गणना गरिने छ”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “यसका लागि निश्चित दूरीमा स्वचालित क्यामेरा जडान हुनेछ ।”
मयुर गणना हुने स्थानमा ‘टावर प्वाइन्ट’ राखेर ‘क्यामेरा, टेलिस्कोप, वाइनाकुलर’को सहायताले खरमयुरको सङ्ख्या यकिन गरिने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो ।
उहाँका अनुसार मार्च महिनाको अन्तिम हप्तादेखि अप्रिल महिनाको पहिलो हप्तासम्म प्रत्येक वर्ष सङ्घले निकुञ्जसँग सहकार्य गरी खरमजुर गणनाको गर्दै आएको छ । घाँसे मैदानमा घाँस छोटो हुने भएकाले यस बेला खरमजुर देखा पर्ने गर्दछन् । खरमयुरको प्रजनन समय भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताउनुभयो । “खरमजुरको प्रजनन समय साँझ– बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ”, उहाँले भन्नुभयो ।
“नेपाल–भारत, भियतनाम र कम्बोडियामा गरी दुई सय ५० देखि नौ सयसम्म खरमजुर पाइने गर्दछ”, उहाँले भन्नुभयो, “यो अति सङ्कटापन्न प्रजातिका रूपमा रहेको छ, संरक्षणका लागि भरपर्दो कार्य नगरिए आगामी केही दशकमा यी लोप हुने अवस्था छ ।”
खरमजुरको वासस्थान भनेकै घाँसे मैदान हो । अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रतिवर्ष हुने आगलागीले खरमजुरको वासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले गणनाका क्रममा वासस्थानको अवस्था, आहाराको अवस्था लगायतबारे अध्ययनको गरिने बताउनुभयो ।
खरमजुर शुक्लाफाँटा, चितवन, बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसी टप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् । नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङ्ख्यामा खरमयुर रहेका अनुमान छ । संरक्षण अधिकृत ऐरका अनुसार गत वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटा मात्रै खरमजुर फेला परेका थिए । त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए । सबैभन्दा बढी कोसी टप्पु वन्यजन्तु आरक्षमा २२ वटा खरमजुर फेला परेका थिए । “वर्षाका बेला घाँसे मैदानमा पानी भरिने भएकाले निकुञ्ज नजिकैका उकासका क्षेत्रमा खरमयुर बस्ने गर्छन्”, अधिकृत ऐरले भन्नुभयो, “वर्षा याम सकिएपछि पुनः घाँसे मैदानमै फर्कने गर्छन् ।”
खरमयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन् । खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खरमयुर भनिएको उहाँले बताउनुभयो । खरमजुरसँगै निकुञ्जमा चार सय ५४ प्रजातिका चरा पाइन्छन् । खरमयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रूपमा सूचीकृत गरेको छ ।
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    