वीरगन्जमा एनसेल सेन्टर सञ्चालनमा

टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ ।

एनसेलद्वारा आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेसनका स्टेफेन रोड्रिगेजले वीरगन्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । ‘‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ ।’’

यसअघि एनसेल सेन्टर वीरगन्जको माइस्थानमा रहेको थियो । तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा  सञ्चालनमा ल्याइएको हो । एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योति दाहालले वीरगन्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहट जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिनुभयो । एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x