एसईई परीक्षामा सामेल भएका विद्यार्थीहरूका लागि नेपाल टेलिकमकाे एसईई २०७९ अफर (SEE 2079 Offer) 

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम र त्यसमा बोनस अन रिचार्ज  (Bonus On Recharge Pack) उपलब्ध हुने सो कम्पनीले बताएको छ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराउने सो कम्पनीले जानकारी दिएको छ । 

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने सोही कम्पनीले बताएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरेको पनि सो कम्पनीले जनाएको छ। नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने सोही कम्पनीले जानकारी दिएको छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्ने पनि सो कम्पनीले बताएको छ । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने पनि छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र (Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ । 

साे अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । रिचार्ज मा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुने र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x