आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्  ।
आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे  मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन् । रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।
मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनहरूलाई मौलाकाली,कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले  छुटको व्यवस्था मिलाइएको बताउनु भएको छ । परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गर्नु भयो ।
नवलपुरको गैँडाकोट स्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।
 
आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    