बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। जेठ ६ गते बोर्डले हालको चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
स्वीकृति पश्चात् कम्पनीले आफ्ना शेयरधनीहरूलाई १०० रुपैयाँ अङ्कित मूल्यका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गर्नेछ। यस हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ पुग्नेछ।
उक्त हकप्रद शेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैङ्किङलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
बरुण हाइड्रोपावरलाई १:१ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
