आज युनियन हाइड्रोपावरले १६ औँ वार्षिक साधारण सभा गर्दै

युनियन हाइड्रोपावर लिमिटेडले पौष २२ गते (आज) १६ औँ वार्षिक साधारण सभा गर्दै छ ।कम्पनीले साधारण सभा सिद्धार्थ कटेज, ललितपुर-३, धाेबिघाट र विद्धुतिय माध्यम Virtual (Zoom App) मार्फत बिहान ११:०० बजे देखि एकसाथ आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।


कम्पनीले साधारण सभाको प्रयोजनका लागि पाैैष १४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पाैैष १३  गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x