पर्यटकीय सांस्कृतिक एवं धार्मिक ग्राम बन्दीपुरमा आजदेखि शिव महिमनाहा उत्सव अन्तर्गत वृहत् बोलबम जात्रा सुरु भएको छ। बन्दीपुर ४ मर्स्याङ्दी दोभान शिवालयबाट आज बिहान ९ बजे प्रस्थान गरी बन्दीपुर केबलकारको बटम स्टेसनमा रहेको तान्त्रिक शक्तियुक्त सिद्धेश्वर महादेवको अभिषेक गर्दै त्यहाँबाट बृहत् भजन कीर्तन सहित केबलकार यात्रा गरी भगवती खडगमाईको विशेष पूजा र परिक्रमा गर्दै बन्दीपुरमा अवस्थित १२०० वर्षभन्दा पनि पुरानो तीन धारा स्थित तीन धर्के ज्योतिर्लिङ्गको महापूजन सहित श्रद्धा अभिषेक गरी शिव महिमा वाचन गर्ने कार्यक्रम रहेको शिव महिम्नाहा उत्सव मूल आयोजक समितिका महासचिव लक्ष्मी प्रसाद सापकोटाले बताउनुभएको छ।
शिवम महिम्नाहा उत्सव बोलबम जात्राको प्रवर्द्धक 'आदि योगी प्रज्ञाधाम्'तथा मूल प्रयोजक बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड रहेको छ। बोलबम यात्राको यात्रीहरूलाई धार्मिक सुविधाको लागि केबलकारको टिकट जम्मा रु २०० तथा वृद्धाहरूको लागि निःशुल्क गरिएको केबलकारका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले बताउनुभयो।
 
बन्दीपुरमा आजदेखि सुरु भयो बोलबम जात्रा
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            