बन्दीपुरमा सुरु भयो तिज सप्ताहान्न उत्सव


“आदियोगी प्रज्ञा धामको आयोजना” मा बन्दीपुर केबलकारको बटम स्टेसनमा “तिज सप्ताहान्न उत्सव” को सम् उद्घाटन भएको छ । पूर्व आन्तरिक ममिला मन्त्री तथा तनहुँ जिल्ला प्रदेशसभा सदस्य हरि बहादुर चुमानले उत्सवको पानसमा बत्ती बालेर सम् उद्घाटन गर्नुभयो । उद्घाटनमा उद्घाटन मन्तव्य दिँदै आदियोगी प्रज्ञा धामको माध्यमबाट बन्दीपुर र छिम्केश्वरी मन्दिर हुँदै आँबुखैरेनी सम्म विस्तार हुने गरी धार्मिक एवं टुरिजम को निर्माण गर्न सकियो भने पर्यटकीय र धार्मिकमा कायापलट गर्न सकिने धारणा राख्नु भयो । प्रमुख विशिष्ट अतिथिको मन्तव्य राख्नु हुँदै बन्दीपुर गाउँपालिका का अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको विकासमा बन्दीपुर केबलकारले नयाँ सम्भावनाका ढोका खोलेकोले यसलाई हरेक तहबाट दिने र “आदियोगी प्रज्ञा धाम” ले बनाउन लागेको आदियोगीको विशाल धामले बन्दीपुरको विकासमा कायापलट गर्ने भएकोले पालिकाको तर्फबाट हर सम्भव सहयोग गर्ने कुरा गर्नु भएको थियो ।

उद्घाटन सत्रको दिन ४ टिमले आफ्नो प्रस्तुति राखेका थिए । स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति, झाँकी र साँझमा तिज गरिएको थियो । कार्यक्रम भाद्र १० गते सम्म चल्नेछ । प्रतियोगिताको मुल्याङकन व्यवस्थापन गर्ने, पारदर्शी बनाउन, तिन जना अलग अलग निर्णायक मुल्याङकन पक्ष र दर्शकहरूले समेत मुल्याङकन गर्न मुल्याङकन मार्फत मुल्याङकन गरी वालेट बक्समा राखिने र भाद्र ९ गते अङ्क गणना गरी दोस्रो चरणका प्रतियोगी छनोट गर्ने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x