साताको पाचाैँ कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले घटेर २७८१ दशमलव ०० को विन्दुमा कायम भएको छ। आज कूल ३२२ कम्पनीहरूका २ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु. ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६५ करोड ४४ लाख ३ हजार ८२२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रु. ६० करोड ६९ लाख ४९ हजार ७६१ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिष्टिलरी लिमिटेडको रु. ३५ करोड ४ लाख २१ हजार ७९३, शिवम् सिमेन्ट्स लिमिटेडको रु. २२ करोड ४२ लाख ३२ हजार १९८ र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु. १९ करोड ४९ लाख ४८ हजार ९९२ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
