नेरुडे लघुवित्तमा रोजगारीको अवसर, +2 पासलाई पनि माैका


Click here to join viber community for all Vacancy Updates.

प्रथम पटक प्रकाशित मिति : २०७९/०५/१९

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाको सूचना प्रविधि सम्बन्धी कार्यको लागि देहाय बमोजिमको पदमा खुल्ला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्नु परेकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको तल उल्लेखित ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ। इच्छुक ब्यक्तिले दरखास्त फारमका साथ दरखास्तवालाको बायोडाटा, पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य पेश गर्नपर्नेछ । संस्थाको हितलाई ध्यानमा राखि प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा विज्ञापन रद्ध गर्ने सम्मको अधिकार संस्थामा सुरक्षित रहनेछ।  

Click here to join viber community for all Vacancy Updates.

पद : सहायक कम्प्युटर अधिकृत 

विज्ञापन नं. : /०७९/८०

श्रेणी : अधिकृत तृतिय (ग)

संख्या : एक

सेवा : स्थायी

आवश्यक न्यूनतम योग्यता : कम्प्युटर विज्ञानमा स्नातक वा सो सरहको डिग्री हासिल गरि लघुवित्त वा बैंक वित्तीय संस्थामा कम्तिमा ३ बर्षको अनुभव प्राप्त गरेको।

थप योग्यता : सुचना प्रविधि सम्बन्धि काम गरेको । 

उमेर : २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको

परिक्षाको किसिम : अन्तरवार्ता

पद : कम्प्युटर सहायक  

विज्ञापन नं. : २/०७९/८०

श्रेणी : सहायक प्रथम

संख्या : एक

सेवा : स्थायी

आवश्यक न्यूनतम योग्यता : ब्यबस्थापन बिषयमा +२ उत्तिर्ण गरि लघुवित्त वा वित्तीय संस्थामा कम्तिमा ३ बर्ष सूचना प्रविधि सम्बन्धि काम गरेको अनुभव प्राप्त गरेको। 

थप योग्यता : कम्प्युटर हार्डवेयर सम्बन्धि ज्ञान भएको ।

उमेर : १८ बर्ष पुरा भई ३० बर्ष बैंक ननाघेको

परिक्षाको किसिम : अन्तरवार्ता 

 

नोट:
१. महिला उम्मेदवारको हकमा उक्त उमेर सीमामा ५ वर्ष थप हुनेछ। यस संस्थामा कार्यरत कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।

अन्य:
१. सेवाको शर्त सुबिधा : उक्त पदहरुको सेवा सम्बन्धि शर्त सुविधाहरु संस्थाको नियमानुसार हुनेछ। 

२. दरखास्त फारम पाउने तथा बुझाउने स्थान : दरखास्त फारम विराटनगर महानगरपालिका वडा नं. ३ बरगाछी स्थित यस संस्थाको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ । साथै संस्थाको वेवसाइट www.nerude.org.np बाट पनि Download गर्न सकिनेछ । इच्छुक ब्यक्तिले आवेदन फारम भरि आवश्यक कागजात संलग्न गरि तोकिएको मिति भित्र यस संस्थाको केन्द्रीय कार्यालय विराटनगरमा बुझाउन तथा यस संस्थाको इमेल [email protected] मा इमेल गरी पठाउनु पर्नेछ। 

३. आवेदन फारम बुझाउने अन्तिम मिति २०७९/०६/०२ गते कार्यालय समय भित्र। 

४. प्राप्त आवेदनहरुको छोटो सूची (Short List) तयार गरिनेछ । छोटो सूची (Short List) मा छनोट भएका उम्मेदवारहरुको मात्र अन्तरवार्ता परीक्षा लिइनेछ । अन्तरवार्ता परीक्षा हुने मिति, समय र स्थान दरखास्त फारम बुझाउने अन्तिम मितिले ७ दिन भित्र यस संस्थाको सूचना पाटी र संस्थाको वेवसाइट www.nerude.org.np मा प्रकाशित गरिनेछ। 

५. म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका सम्पूर्ण निवेदनहरु स्वतः रद्ध हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x