असोज महिनामा वाणिज्य बैङ्कहरूले मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन्। नयाँ दरअनुसार भदौमा कायम रहेको ५.५७७ प्रतिशत ब्याजदर असोजमा ०.११ प्रतिशत अङ्कले घटेर ५.४६३५ प्रतिशतमा झरेको नेपाल बैंकर्स सङ्घले जनाएको छ।
२० वाणिज्य बैङ्कमध्ये ८ वटाले ब्याजदर घटाएका छन्, १० वटाले यथावत् राखेका छन् भने बाँकी २ वटाले भने ब्याजदर बढाएका छन्।
कृषि विकास बैङ्कले ०.१८ प्रतिशत, एनआइसी एशिया बैङ्कले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैङ्कले ०.५० प्रतिशत, नेपाल बैङ्कले ०.१५ प्रतिशत, कुमारी बैङ्कले ०.२ प्रतिशत, नेपाल एसबिआई बैङ्कले ०.२७ प्रतिशत र एभरेष्ट बैङ्कले ०.५० प्रतिशतले ब्याजदर घटाएका छन्।
उता, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैङ्कले ०.२५ प्रतिशतले ब्याजदर बढाएका छन्।
यसैबिच, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ५.२५ प्रतिशत, प्रभु बैङ्कले ५.३५ प्रतिशत, नबिल बैङ्कले ५.५ प्रतिशत, हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आइएमई बैङ्कले ६ प्रतिशत र एनएमबि बैङ्कले ६ प्रतिशत ब्याजदर कायम गरेका छन्। त्यसै गरी सिद्धार्थ बैङ्क, सिटिजन्स बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले ५.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
वाणिज्य बैङ्कहरूद्वार नयाँ ब्याजदर सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
