नबिल बैङ्कको खुद ब्याज आम्दानीमा २.४२ प्रतिशतको वृद्धि, प्रति शेयर आम्दानी कति ?


नबिल बैङ्क लिमिटेडको नाफा ४६.७१ प्रतिशतले बढेको छ । आ.व. २०८२/८३ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले पुस मसान्त सम्ममा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.४२ प्रतिशतले बढेको छ । यस अवधिमा बैङ्कको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएकोले खुद नाफा बढेको हो । यता, बैङ्कको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.२५ प्रतिशत र प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ । त्यसतै, बैङ्कको पछिल्लो कारोबार मूल्य रु ४९२ को आधारमा मूल्य आम्दानी अनुपात १४.०४ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x