
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर २६६२ दशमलव १४ को विन्दुमा कायम भएको छ। आज कूल ३२४ कम्पनीहरूका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर रु. ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४० करोड ७९ लाख १३ हजार १२८ बराबरको शेयर कारोबार भएको छ ।
यता, रिडी पावर कम्पनी लिमिटेडको रु. ३८ करोड ८६ लाख २३ हजार ७८५, युनियन हाइड्रोपावर लिमिटेडको रु. ३२ करोड ६० लाख ५३ हजार ८२८ र अरुण काबेली पावर लिमिटेडको रु. ३२ करोड ५३ लाख १० हजार ७०८ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
