राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल क्लियरिङ हाउसबिच ‘नेपाल पे कार्ड’ सम्झौता

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेपाल पे कार्ड’ सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बिहीबार बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबिच सम्झौता–पत्र आदानप्रदान गरिएको हो।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत सञ्चालन हुने राष्ट्रिय भुक्तानी स्विच तथा कार्ड प्रणालीअन्तर्गत ‘नेपाल पे कार्ड’ को प्रमुख सदस्य बनेको छ। यससँगै बैङ्कका ग्राहकहरूले निकट भविष्यमा ‘नेपाल पे कार्ड’ सम्बन्धी सेवा उपयोग गर्न पाउनेछन्।

यस सम्झौताले स्वदेशी कार्ड प्रणालीको विकास तथा डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राज भण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राज भण्डारी तथा कार्ड सञ्चालन प्रमुख प्रवीण आचार्यको सहभागिता थियो । त्यसै गरी राष्ट्रिय वाणिज्य बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप–कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैङ्किङ विभाग प्रमुख गगन सिंह घिमिरे लगायतका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x