वीरगन्ज नाकाबाट ९ महिनामा २ अर्ब ९८ करोडको विद्युतीय सवारी आयात


वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्।

वीरगन्ज भन्सार कार्यालयको अनुसार यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँले बढी हो। गत वर्ष सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएका थिए।

चालु आ.व. मा १ अर्ब ४६ करोड रुपैयाँका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । गत आ.व. को सोही अवधिमा ४८ करोड रुपैयाँका १७२ वटा मात्रै आयात भएका थिए।

त्यसै गरी, ९६ करोड रुपैयाँको ७ हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् भने गत वर्ष ५५ करोड रुपैयाँका ४ हजार २२७ वटा आयात भएका थिए।

विद्युतीय तीन पाङ्ग्रे सवारीतर्फ पनि वृद्धि देखिएको छ। चालु आ.व. मा ५३ करोड रुपैयाँका ४ हजार ६०६ वटा आयात भएका छन् भने गत वर्ष ४५ करोड रुपैयाँका ३ हजार ६१३ वटा आयात भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x