
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओको बाँडफाँड मिति तय भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड ले जेठ ६ गते बुधवार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले वैशाख २३ देखि २८ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो।
बाँडफाँड नतिजाअनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १०–१० कित्ता शेयर प्राप्त गर्नेछन् भने थप केही भाग्यशाली पाँच जना आवेदकले ११–११ कित्ता शेयर पाउनेछन्।
आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपाल ले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ।
टक्सार पिखुवा खोला हाइड्रोको आइपिओ बाँडफाँड जेठ ६ गते हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
