डिजिस्टोरको चौथो आउटलेट सुकेधारामा, प्रविधिका पछिल्ला प्रडक्टहरु उपलब्ध हुने

digi store

ज्ञानमाण्डू। हाइटेक इन्जिनियरिङ प्रा.लि ले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ । आइतबार काठमाडौंको शुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन ।

सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड १९ को कारण केहि ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन । काठमाडौं वाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए ।

कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्राण्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ब्राण्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन । यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकम वाहेक अन्य ब्राण्डहरु प्रडक्ट, मोवाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौ प्रडक्टहरु उपलब्ध रहेका छन । यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ ।

डिजिटल र अन्य प्रडक्टहरु सहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँँ सामान किन्नमात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ प्रडक्टहरुबारे अपडेट पनि लिन सकिन्छ । स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपी मार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरी सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बैशलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x