नाडेप लघुवित्तकाे नाफा २ करोड ०१ लाख ९० हजार, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड ०१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४० करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नाडेप लघुवित्तले ४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नाडेप लघुवित्तले २ अर्ब ०३ करोड ०३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३८ करोड ८२ लाख रुपैयाँ रहेको छ।

नाडेप लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ६.२० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x