ज्ञानमाण्डू। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ।
रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबार (कात्तिक २२ गते) देखि नेप्सेले कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार रोक्का गर्न लागेको हो। यी दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
नेप्सेले दुबै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरेको हो।
 
         
             
     
    
 
     
     
     
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            