युनिक नेपाल लघुवित्तकाे नाफा ७ करोड २० लाख ७३ हजार, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ४१ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ७ करोड २० लाख ७३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ करोड ०६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिक नेपाल लघुवित्तले ३ अर्ब ८८ करोड ०८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले ९५ करोड ०२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २५ करोड १४ लाख रुपैयाँ रहेको छ।

युनिक नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.३८ प्रतिशतले बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ४७१ रुपैयाँ ३९ पैसा छ र मूल्य आम्दानी अनुपात ५.०२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x