कुमारी बैंकको नाफामा ५१.५० प्रतिशतकाे वृद्धि, वितरण याेग्य मुनाफा ६३ कराेड

 kumari bank

ज्ञानमाण्डू। कुमारी बैंक लिमीटेडको नाफा ५१.५० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैंक लिमीटेडले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ५० करोड २८ लाख रुपैयाँ र संचित मुनाफा ६८  कराेड ५१ लाख १५ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.०२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ पुगेकाे छ ।


त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६३ कराेड ७५ लाख ५५ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.०६ प्रतिशत छ । बैंङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा छ र मूल्य आम्दानी अनुपात १६.२० गुणा छ ।

Kumari Bank Limited

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x