मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देण्डी शेर्पा बिच सम्झौता


ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि. र पर्वतारोही लाक्पा देण्डी शेर्पा बिच बैंकको सेवा सुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ।

लाक्पा देण्डी शेर्पा एक सफल पर्वतारोही हुन् जसले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकर्ड होल्डर पनि हुन् । एक कार्यक्रम बिच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबन्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी तथा लाक्पा देण्डी शेर्पाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् लाक्पा देण्डी शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्रान्ड इन्फ्लुएनसर (Brand Influencer) को रूपमा कार्यहरू निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x