आरम्भ चाैतारी लघुवित्तकाे नाफा ४ करोड ९२ लाख ०२ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ कराेड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ९२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरम्भ चाैतारी लघुवित्तले ५ अर्ब ४७ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरम्भ चाैतारी लघुवित्तले ३ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १३ करोड ०५ लाख रुपैयाँ रहेको छ।

आरम्भ चाैतारी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३२.३७ प्रतिशतले बढेर २६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.७२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x