सानिमा जनरल इन्स्योरेन्सको नाफामा ९५ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ? | Sanima General Insurance

sanima general insurance

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको दाेस्राे त्रैमाससम्म आइपुग्दा सानिमा जनरल इन्स्योरेन्सको खुद नाफामा वृद्धि भएकाे छ । यस अवधिमा खुद नाफा ९५.६५ प्रतिशतले बढेर ५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा सानिमा जनरल इन्स्योरेन्सले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ र जगेडा कोषको आकार ७७ प्रतिशतले बडेर ११ करोड १८ लाख रुपैयाँमा पुगेकाे छ ।

कम्पनीको बिमा कोषको आकार भने ७०.४२ प्रतिशतले बढेर १२ करोड १८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ६ करोड ३१ लाख रुपैयाँ थियो । त्यस्तै, इन्स्योरेन्सको महाविपत्ती कोष २९.३९ प्रतिशतले बढेर ९३ लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ७३.२७ प्रतिशतले बढेर १४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष इन्स्योरेन्सले ८ करोड ५५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ६५७ काे आधारमा मूल्य आम्दानी अनुपात ५६.५४ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x