नेपाल बङ्गलादेश बैङ्कको नाफा ८१ कराेड ११ लाख | Nepal Bangladesh Bank

nepal bangladesh bank
ज्ञानमाण्डू। नेपाल बङ्गलादेश बैङ्कको नाफा १३.८२ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ९४ कराेड १२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले ८१ कराेड ११ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बङ्गलादेश बैङ्कले ८० अर्ब ७१ कराेड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ९० कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब २७ करोड रुपैयाँ र संचित मुनाफा ४९ कराेड रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.१८ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४९ कराेड ३२ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.७४ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात २४.८ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x