ग्लोबल आइएमई बैङ्कको नाफा २ अर्ब ६६ करोड, अन्य वित्तीय सूचक कस्ता ? | Global IME Bank

global ime bank

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको नाफा १५.०४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब ६६ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब २१ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ४८ कराेड रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.४९ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४८ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.१३ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३४१ काे आधारमा मूल्य आम्दानी अनुपात १५.२३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x