मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, मेगाका ग्राहकहरुलाई अनलाइन भुक्तानीमा थप सहजता

mega bank

ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेट सँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

mega bank

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले Payment Card Industry Data Security Standard (PCI DSS) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो App सुरक्षित Back-end प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार,MOCO Digital Wallet प्रयोगकर्ताहरूले Unified QR Payment को समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत MOCO Digital Wallet प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले Alipay, Nepal Pay, Union Pay, VISA जस्ता विभिन्न डिजिटल Platform हरूमार्फत Scan & Pay प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

MOCO प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि Reward Point हरू प्राप्त गर्नेछन् भने संकलन भएको Reward Point हरू पछि MOCO को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु Redeem गर्न समेत प्रयोग गर्न सकिन्छ । MOCO App गुगल प्ले स्टोर र App Store बाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x