मङ्गलबार नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मङ्गलबार पौष २० गतेका दिन सिभिल बैङ्क लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको मूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मङ्गलबार सिभिल बैङ्क लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड कम्पनीको बोनस शेयर पछिको भाउ समायोजन गरेको जनाएको छ।

नेप्सेले मङ्गलबार सिभिल बैङ्क लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयर मूल्य समायोजन पश्चात् सिभिल बैङ्कको शेयर मूल्य २४५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।
नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य धितो पत्र बजारमा प्रतिकित्ता २५८ रुपैयाँका आधारमा उक्त बैङ्कको भाउ समायोजन गरेको हो ।

त्यसै गरी, नेप्सेले मङ्गलबार सिभिल बैङ्क लिमिटेड सँगै रिलायन्स फाइनान्स लिमिटेडको पनि मूल्य समायोजन गरेको छ।नेप्सेले मङ्गलबार रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयर मूल्य समायोजन पश्चात् रिलायन्स फाइनान्सको शेयर मूल्य ४५२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ।
नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य धितो पत्र बजारमा प्रतिकित्ता ५२० रुपैयाँका आधारमा उक्त फाइनान्सको भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x