मन्जुश्री फाईनान्सको आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



ज्ञानमाण्डू।मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर २४ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ४६ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

फाईनान्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९३ करोड ५३ लाख ९४ हजार ८९२ रुपैंयाको ४० प्रतिशतले हुन आउने ३८ करोड ६१ लाख ५७ हजार ९५६ रुपैँया बराबरको बोनस शेयर र सोहि पूँजीको ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६९३ रुपैंया ५२ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मन्जुश्री फाईनान्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा मन्जुश्री फाईनान्स लिमिटेडले कायम चुक्ता पूँजीको १८ प्रतिशतले हुन आउने बोनस शेयर र ५.५ प्रतिशतले हुन आउने नगद गरि जम्मा २३.५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x