जनउत्थान सामुदायिक लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



ज्ञानमाण्डू।जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर १९ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २६.३१५७ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी ११ करोड ८३ लाख २४ हजार ८ सय रुपैंयाको २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २ सय रुपैँया बराबरको बोनस शेयर र सोहि पूँजीको १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैंया बराबरको नगद लाभांश(कर प्रयोजनार्थ)  आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कायम चुक्ता पूँजीको ४९.४ प्रतिशतले हुन आउने बोनस शेयर र २.६ प्रतिशतले हुन आउने नगद गरि जम्मा ५२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x