नेपाल एसबिआई बैङ्कको लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद लाभांश

Nepal SBI Bank

ज्ञानमाण्डू।नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ७ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको ४७७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ५.३१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैँयाको ३ दशमलव ५० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १ दशमलव ८१ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ समेत ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नेपाल एसबिआई बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल एसबिआई बैंक लिमिटेडले ६ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३.४७ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरी जामा ९.४७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x