चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विकास बैङ्कहरू मध्ये व्यवसाय विस्तारमा को बढी आक्रामक ?


ज्ञानमाण्डू। जुन सुकै अवस्थामा पनि विकास बैङ्कहरूको नाफामा वृद्धि या गिरावट देखिनुको एउटा प्रमुख कारण खुद व्याज आम्दानीको सङ्कलन हुने गर्दछ । मुख्यतः अन्य श्रोतबाट मुनाफा लिइरहेकाका विकास बैङ्कहरूले खुद व्याज आम्दानीमा भने आकर्षक वृद्धि गर्न नसकेको देखिन्छ जसको प्रत्यक्ष असर व्यवसाय विस्तारबाट हुने मुनाफामा हुने गर्दछ।

दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कमाउनु पर्ने भनेकै कर्जा प्रवाह मार्फत नै हो। अन्य श्रोतबाट आएको आम्दानी नियमित हुन्छ भन्ने पनि हुँदैन । त्यसैले दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कस्तो प्रदर्शन गर्छ भन्ने कुरा बैङ्कको मुख्य निक्षेप र कर्जामा भर पर्दछ। किनकि बैङ्कको प्रमुख आम्दानीको श्रोत भनेकै खुद व्याज आम्दानी हो र व्याज आम्दानी बैङ्कले कर्जा प्रवाहबाट प्राप्त गर्दछ र कर्जा प्रवाहका निमित्त बैङ्कलाई निक्षेपको आवश्यकता पर्दछ।







यता, चालु आ.व.को पहिलो ३ महिनामा सर्वाधिक कम खुद व्याज आम्दानी नारायणी डेभेलप्मेन्ट बैङ्कको रहेको छ। बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा ७ लाख १५ हजार रुपैंया खुद व्याज आम्दानी सङ्कलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६४०.८६ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा उक्त विकास बैङ्कको खुद व्याज आम्दानी मात्र १९ हजार १२० रुपैयाँ रहेको थियो । अतः विकास बैङ्कहरू मध्ये सबै भन्दा कम खुद व्याज आम्दानी गरेता पनि नारायणी डेभेलप्मेन्ट बैङ्कको खुद व्याज आम्दानीको वृद्धि दर भने अधिकांश विकास बैङ्कहरू मध्येको अधिकतम रहेको छ ।


चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा विकास बैङ्कहरूले प्रकाशित वित्तीय विवरण अनुसार कुल ४ खर्ब ४८ अर्ब रुपैयाँ अधिक निक्षेप सङ्कलन गरेका १६ विकास बैङ्कहरूले औसतमा २८ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको देखिएको छ । यस अवधिमा ८ वटा विकास बैङ्कले औसत भन्दा बढी निक्षेप सङ्कलन गरेका छन् भने ८ यस्ता बैङ्कको निक्षेप सङ्कलन औसत सीमा भन्दा कम रहेको देखिएको छ ।



चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा धेरै निक्षेप सङ्कलन मुक्तिनाथ विकास बैङ्कको रहेको छ। बैङ्कले असोज मसान्तसम्ममा ९७ अर्ब १६ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्न सफल भएको छ भने दोस्रोमा गरिमा विकास बैङ्कले ६४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ। त्यस्तै ज्योति विकास बैङ्कले ४८ अर्ब ८२ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा सोही अवधिमा सांग्रिला डेभेलपमेन्ट बैङ्कले ४४ अर्ब ७० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ।





चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा विकास बैङ्कहरूले प्रकाशित वित्तीय विवरण अनुसार कुल ३ खर्ब ९३ अर्ब रुपैयाँ अधिक कर्जा प्रवाह गरेका १६ विकास बैङ्कहरूले औसतमा २४ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यस अवधिमा ८ वटा विकास बैङ्कले औसत भन्दा बढी कर्जा लगानी गरेका छन् भने ८ यस्ता बैङ्कको कर्जा लगानी औसत सीमा भन्दा कम रहेको देखिएको छ ।



समीक्षा अवधिमा सबै भन्दा धेरै ८५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह मुक्तिनाथ विकास बैङ्कले गरेको छ भने दोस्रोमा गरिमा विकास बैङ्कले ५५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै ज्योति विकास बैङ्कले ४७ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सोही अवधिमा कामना सेवा विकास बैङ्कले ४१ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x