सानिमा बैंककाे नाफा १ अर्ब १४ कराेड

ज्ञानमाण्डू।  सानिमा बैंकको नाफा १६.८४ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ९८ करोड २० लाख नाफा कमाएको थियो भने अहिले १ अर्ब १४ कराेड नाफा कमाएको देखिन्छ । 

८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकले ९९ अर्ब ३० करोड ५ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड २९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ९० करोड ११ लाख ४९ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले बढेर २ अर्ब १६ करोड ७९ लाख ८७ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.४१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३२ पैसा छ र मूल्य आम्दानी अनुपात १३.१५  गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,८०,१३,८१
निक्षेप संकलन
रू ९९,३०,०५,०१
कर्जा लगानी
रू ८८,७१,२९,२८
खुद ब्याज आम्दानी
रू २,१६,७९,८७
नाफा/(नाेक्सान)
रू १,१४,७४,६५
जगेडा कोष
रू २,८८,३१,९५
संचित मुनाफा
रू १,०१,७९,५४
निष्कृय कर्जा
०.४१%
प्रतिशेयर आम्दानी
२६ रुपैयाँ ७ पैसा
प्रतिशेयर नेटवर्थ
१४४ रुपैयाँ ३२ पैसा
आम्दानी अनुपात
१३.१५  गुणा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x