एन आई सी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

ज्ञानमाण्डू। मिति २०७७/०७/०४ गते सम्पन्न एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार सो बैंकको आ.व. २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । 

http://

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गर्ने बैंकले जनाएको छ ।

NIC ASIA Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x