गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा १०९४ अंकले बढ्यो शेयर बजार, ७०% को वृद्धि


ज्ञानमाण्डू। राष्ट्र बैंकले सार्वजनिक गरेको तिन महिने तथ्यांक अनुसार २०७७ साल असोज मसान्तमा १५६२.५ रहेको नेप्से सूचकाङ्क २०७८ असोज मसान्तमा २६५७.० को विन्दुमा कायम भएको छ। यो गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ७० प्रतिशत अधिकको वृद्धि हो।

केन्द्रिय बैंकका अनुसार २०७८ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत साल २०७७ असोज मसान्तमा बजार पुँजीकरण रु.२० खर्ब ८२ अर्ब ५८ करोड रहेको थियो।

२०७८ साल असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । गत वर्ष २०७७ साल असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ साल असोज मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जम्मा ५ अर्ब ९१ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७०.७० प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ८.६० प्रतिशत, लगानी कम्पनीको ७.१० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१० प्रतिशत, होटेलको हिस्सा १.४० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x