सुर्योदय लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?


ज्ञानमाण्डू।सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक २५ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको १७० औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैंयाको २० प्रतिशतले हुन आउने ४ करोड ९६ लाख ८ हजार ५८५ रुपैँया बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सुर्योदय वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा सुर्योदय लघुवित वित्तिय संस्था लिमिटेडले १५.३४५७ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.८०७६ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x