अष्ट्रेलियाबाट नेपालमा पठाएको रकम सहजै प्रभु बैंक मार्फत भुक्तानी पाइने


ज्ञानमाण्डू।प्रभु बैंक लिमिटेड र Forex Support Pty Ltd, Australia बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । Australia मा बसोवास गरिरहेका नेपालीहरुले अब Forex Support Pty Ltd, Australia, मार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पठाएको रकम नेपाल भरि रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्ने बैंकले जानकारी दिएको छ ।  

साथै उक्त सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

यस सम्झौताले बिशेष गरि विदेशमा रहेका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त गर्ने भन्ने विश्वास बैंकले लिएको यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x