धितोपत्र बजारमा १८ दशमलव ५४ अंकको गिरावट, नेप्से २९२९.२९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव २१ अंकले घटेर ५४५.६७ को विन्दुमा पुगेको छ ।



 

आज कूल २२२ कम्पनीका १ करोड ०६ लाख ३९ हजार ८२६ कित्ता शेयर रु ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४ दशमलव १ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २२ दशमलव ५९ अङ्कले, होटल तथा पर्यटन उपसमूह १७.४६ अङ्कले, विकास बैंक उपसमूह ६६.८४ अङ्कले, जलविद्युत उपसमूह ३० .८३ अङ्कले, वित्त उपसमूह २६.६७ अङ्कले, निर्जीवन बीमा २७७.८६ अङ्कले, उत्पादन उपसमूह ६७.३९ अङ्कले, अन्य उपसमूह ८.७१ अङ्कले, लघुवित्त उपसमूह २८.६२ अङ्कले, जीवन बीमा उपसमूह १४४.६८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ७८ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x