कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

ज्ञानमाण्डू।आइएमई पेका सेवाग्राहीहरूले अवदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x