नेप्से परिसूचक ६०.०२ अंकले घट्दा धितोपत्र बजारमा २.०४ प्रतिशतको गिरावट


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६० दशमलव ०२ अंकले घटेर २८७६ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।नेप्से परिसूचक ६० दशमलव ०२ अंकले घट्दा धितोपत्र बजारमा २ दशमलव ०४ प्रतिशतको गिरावट आएको छ। यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ९१ अंकले घटेर ५३६.५२ को विन्दुमा पुगेको छ ।


आज कूल २२५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर रु ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर मध्ये अधिकांश उपसूचकहरु ऒरालो लागेका छन् । बैंकिङ उपसमूह ३१ दशमलव ९६ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ८२ दशमलव ०४ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६४.३५ अङ्कले, विकास बैंक उपसमूह १५७.९७ अङ्कले, जलविद्युत उपसमूह ५३ .३५ अङ्कले, वित्त उपसमूह ९७.०५ अङ्कले, निर्जीवन बीमा ३२८.८२ अङ्कले, उत्पादन उपसमूह १८८.४३ अङ्कले, अन्य उपसमूह ६३.३४ अङ्कले, लघुवित्त उपसमूह ६७.६३ अङ्कले, जीवन बीमा ४२१.३६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह २ दशमलव ५३ अङ्कले घटेको छ।


जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२९ प्रतिशत र अन्य उपसमूहको ३.२३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन ट्रेडिङ, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।


यस दिन युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४० करोड ५७ लाख रुपैयाँ बढी कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा आज ३.६२ प्रतिशतले वृद्धि भएको छ। अरुण भ्याली हाइड्रोपावरको २४ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा आज ०.७५ प्रतिशतले घटेको छ।

आज स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २३ करोड ६३ लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको २३ करोड ४६ लाख रुपैयाँ, युनिभर्सल पावरको २३ करोड ४२ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ५५ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १० करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।


नेप्से घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै पोजिटिभ सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४५ रुपैयाँ २० पैसा बढेर ४९७.४० पैसा पुगेको छ। यो दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।


यो दिन लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले सार्वधिक गुमाए।उक्त कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत बढीले ओरालो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x