नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”



ज्ञानमाण्डू। नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ । उक्त प्रणालीले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जानकारी दिएको छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ ।

नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष श्री उपेन्द्र प्रसँद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कँहा छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्ने बैंकले उल्लेख गरेको छ । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्ने बैंकले थप उल्लेख गरेको छ । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x