एभरेष्ट बैङ्कको धनगढीमा १३४औँ शाखा विस्तार, सुदूरपश्चिममा नयाँ प्रादेशिक कार्यालय उद्घाटन

एभरेष्ट बैङ्कले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८३ साल असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । साथै बैङ्कले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू सोही भवनबाट प्रदान गर्ने ब्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैङ्कको शाखा सङ्ख्या १५ पुगेको छ ।

धनगढी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा र बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैङ्कका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना , विभिन्न उद्योग व्यवसायीहरू तथा बैङ्कका अन्य कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

क्याम्पस चोक, धनगढीमा बैङ्कको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास लिएको बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x