सनराइज बैंकको भाद्र महिनामा नारीहरुलाई छुटै छुट

sunrise bank

ज्ञानमाण्डू। आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अर्न्तगत आफ्ना ग्राहकहरुलाई भाद्र महिना भरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथैे विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिइने बैंकले जनाएकाे छ । प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५% वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५% सम्मकोे छुट दिने समेत बैंकले जनाएको छ ।

नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्तर्गत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त रहेकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x