नबिल बैंकको Nabil cash machine प्रविधी मार्फत अब सजिलै खातामा रकम जम्मा गर्न सकिने

ज्ञानमाण्डू।नबिल बैंकले nabil cash machine प्रणाली जारी गरेको छ । नबिल बैंक लिमिटेडले प्रवर्तन गरेको उक्त nabil cash machine मार्फत ग्राहकहरुले ATM मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधारहेको बैंकले जानकारी दिएको छ । 

उक्त प्रविधी नबिल बैंकले बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरुवात गरेको उल्लेख गरेको छ । Nabil cash machine मार्फत ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैँया जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सकिने बैंकले थप उल्लेख गरेको छ । साथै ग्राहकहरुले उक्त प्रविधीको प्रयोग गरि नबिल बैंकको कुनै पनि बचत वा चाल्ती खातामा रकम जम्मा गर्न सक्ने तथा ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x