धितोपत्र बजारमा २.८६ अंकको वृद्धि, नेप्से परिसूचक २०५७.८४ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ८६ अंकले बढेर २०५७ दशमलव ८४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६० अंकले बढेर ३९८ दशमलव २९ को विन्दुमा पुगेको छ ।


आज कूल २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर रु १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह २२ दशमलव २४ अङ्कले, वित्त उपसमूह ५.७१ अङ्कले, निर्जीवन बीमा १५.१७ अङ्कले, उत्पादन उपसमूह ९.४५ अङ्कले, अन्य उपसमूह ६.९१ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले घटेका छन् । यता, बैंकिङ उपसमूह २ दशमलव ५८ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ८.७५ अङ्कले, विकास बैंक उपसमूह ८.७ अङ्कले, जलविद्युत उपसमूह ११.६१ अङ्कले, लघुवित्त उपसमूह ९.५१ अङ्कले, जीवन बीमा उपसमूह ४७.७९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०८ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x